होटल प्लाटिनममा व्यवस्थापक पक्षको दादागीरि, कर्मचारीले हिजोदेखि शुरु गरे आन्दोलन

१ चैत्र २०७४, बिहीबार ११:३५

चैत १, काठमाडौं ।

काठमाण्डौंको सोल्टीमोडमा रहेको होटल प्लाटिनममा व्यवस्थापक पक्षको दादागीरिका कारण कर्मचारी पीडित भएका छन् ।

काम गर्दै आएका कर्मचारीलाई होटल संञ्चालक प्रकाश डुगरले तथानाम गाली गर्ने, अपशव्द प्रयोग गर्ने जस्ता गतीविधीका विरुद्ध होटलमा कार्यरत कर्मचारी आन्दोलीत भएका छन् ।

आक्रोशित कर्मचारीले हिजोदेखि शुरु गरेको आन्दोलन आज पनि जारी छ । होटल संञ्चालकले मदिरा पिएर ‘सारा नेपाली चोर हुन्’ भन्दै नेपालका प्रधानमन्त्री केपि ओलीलाई समेत अपशव्द प्रयोग गर्ने गरेको होटलमा कार्यरत एक कर्मचारीले बताए ।

भारतीय सहयोगमा नुन देखि सुन सम्म भरपर्न पर्ने नेपालीहरुले विनाअर्थ ठूलो हुन नहुने भन्दै नेपालीहरको स्वाभिमान गिराउने काम गर्दै आएको समेत होटलमा कार्यरत कर्मचारीको गुनासो छ ।

यसरी नेपालीलाई बदनाम गर्ने होटल संञ्चालकलाई यथासक्य चाँडो कानूनी दायरामा ल्याउन पर्ने कर्मचारीको माग छ ।