हिमपातका कारण जुम्लामा बिहानदेखि जनजीवन प्रभावित

२ माघ २०७६, बिहीबार १५:२८


खलङ्गा , आज बिहानदेखि जुम्लामा फेरि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ पग्लीन नपाउदै पुनः हिमपात भएको हो । लगातारको हिमपातका कारण जनजीवन प्रभावित भएको छ। बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।
जल तथा मौसम विज्ञान कार्यालयका अनुसार जुम्लाको तापक्रम भने घट्दै गएको छ । आजको न्यूनतम तापक्रम ०.७ डिग्री रहेको छ । मौसम सफापछि भने तापक्रम बढ्ने अनुमान गरिएको छ ।