हिमपहिरोमा परी छ भारतीय सैनिकको ज्यान गयो

३ मंसिर २०७६, मंगलवार १०:४८

एजेन्सी , सोमवार विश्वकै सबैभन्दा उचाइमा रहेको युद्धक्षेत्र सियाचिन ग्लेशियरमा भारतीय सेनाको ४ सहित ६ जनाको ज्यान गएको छ । गस्तीमा हिँडिरहेका बेला हिउँ पहिरोमा परी ४ सैनिक जवान र अन्य २ स्थानीय भरीयाको ज्यान गएको हो । घटनापछि सैनिकहरुलाई हेलिकोप्टर मार्फत उदार गर्ने प्रयास गरिएपनि अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण उनीहरुको ज्यान गएको हो ।आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट ९५८०० मिटर को उचाइमा गस्ती गर्दै थिए।

त्यही बेला उनीहरू हिमपहिरोमा परेका हुन्। माइनस ६० डिग्री सेल्सियससम्म हुने सियाचिनमा भारत र पाकिस्तान दुवै देशले आआफ्ना देशका सैनिक तैनाथ गर्दै आएका छन् । दुवैले आ आफ्नो सार्वभोमको अडान लिँदै विवादित सो क्षेत्रमा सैनिक खटाउनेगरेपनि लडाईबाट भन्दा बढी हिउँ पहिरोका कारण सैनिकहरुको ज्यान जाने गरेको छ ।