हिन्दू धर्म जोगाउँन गाउँ गाउँबाट उठौंः शर्मा

११ जेष्ठ २०७६, शनिबार १२:५१

काठमाण्डौ , हिन्दू धर्म र राष्ट्रियताको पक्षमा कडा टिप्पणी गदै आउनु भएका नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक एवंम राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्मा श्री गोरखनाथ १६ औं सभालाख रोट महोत्सवको संयोजक हरिराम अर्याल र शंकर अधिकारीको निमन्त्रणामा आज गोर्खा जिल्ला पुग्नु भएको छ । शर्माले चिनी , घिउँ , आटा , गोरखनाथलाई अपर्ण गदै चण्डी पूर्णिमा देखि एकादशी सम्म ११ दिन सञ्चालन हुने उक्त कार्यक्रममा प्रदिप नाथ योगी लगायतलाई बस्त्र लगायत सम्मान स्वरुप दक्षिणा प्रदान गदै शिक्षा र दिक्षालाई अलग गराएर नेपालको हिन्दु धर्म मास्ने काम भएको बताउदै रोष ब्यक्त गर्नु भयो । हिन्दू धर्म जोगाउँन गाउँ गाउँवाट उठनु पर्ने आबश्यकता रहेको शर्माले बताउनु भयो । बिश्लेषक शर्माले हिन्दू धर्म जोगाउँन हिन्दू धर्म मान्र्ने सवै नेपालीहरु एक जुट हुनु पर्ने कुरामा जोड दिनु भयो ।