हास्य ब्यंग्य सिरियल कुरा मात्र भो शुक्रवारदेखी प्रसारणमा आउदै

२४ बैशाख २०७६, मंगलवार १३:०२

काठमाण्डौ , अर्जुन गौतमको निर्देशनमा निर्माण भएको नेपाली हास्य ब्यंग्य सिरियल कुरा मात्र भो यहि शुक्रबारबाट प्रसारणमा आउने भएको छ । सिरियल हरेक शुक्रवार राती ८ ः ५ मा एनटिभी प्लसबाट प्रसारणमा आउन लागेको हो । कुरा मात्र भो को प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बिच गत शुक्रवार सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । प्रसारणका लागि आवश्यक तयारी समेत पुरा भैसकेको उनले बताए ।

जेसिका इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ । निर्देशक गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषय बस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो सिरियल युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने उनले बताए ।

साहित्यकार सनत आचार्यको लेखनमा तयार पारिएको उक्त सिरियलमा कलाकारहरु उत्तम अर्याल कोदे, लक्ष्मण चौलागाई आदीको अभिनय रहेको छ । त्यसैगरि कुरा मात्र भोको निमार्तामा कमल श्रेष्ठ ,कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् भने निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन् ।