स्वास्थ्य सेवा सुचारु राख्न स्थानीय तहलाई निर्देशन

१३ आश्विन २०७६, सोमबार ११:३५

काठमाडौं , दसैं र तिहारको सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्य सेवा सुचारु गर्ने व्यवस्था मिलाउन स्थानीय तहहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका लगायतका क्षेत्रलाई स्वास्थ्यसेवा यथावत् राख्न ११ बुँदे निर्देशन जारी दिइएको छ । मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अस्पताल विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबैै अस्पताल, अस्पतालका आकस्मिक सेवा, फार्मेसी तथा एम्बुलेन्स २४ सै घण्टा सञ्चालनको व्यवस्था मिलाउने, रक्तसञ्चार सेवा प्रभावित हुन नदिन आवश्यक व्यवस्था मिलाउने, राजमार्गमा हुन सक्ने सवारी दुर्घटना मध्यनजर गर्दै राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने लगायत जारी निर्देशनमा उल्लेख छ ।