स्थानीय तहको मनपरीः सडक छैन, ८० लाखको स्कारपियो र ६ मोटरसाईल

१९ भाद्र २०७५, मंगलवार ०७:२६

काठमाडौं । स्थानीय तहलाई आफ्नो हात जगन्नाथ भने झै भएको छ । सडक निर्माणको लागी खर्चिनु पर्ने बजेटलाई गाडि किन्न खर्च गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ । समाचारमा जाजरकोटको छेडागाड नगरपालिकाले ८० लाखको एउटा स्कारपियो र ६ वटा मोटरसाइकल किनेको छ जनाईएको छ । यस्तै समाचारमा भनिएको छ । छेडागाडाका कुनै पनि वडामा मोटरबाटो पुगेको छैन् ।

जाजरकोटको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, भेरि नगरपालिका, शिवालय गाउँपालिका लगायतले पनि दुई पांग्रे र चार पांग्रे गाडी किनेका छन् ।