स्थगित बीएससी सीएसआईटीको परीक्षा पुष २८ देखि हुने

२२ मंसिर २०७७, सोमबार ०९:५५

काठमाडौं , चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयको यस अघि स्थगित परीक्षा आगामी पुष १८ गतेदेखि हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय अन्तर्गतको परीक्षा शाखाले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

सूचना अनुसार सेमेस्टर प्रणाली अनुसार सञ्चालन गरिने बीएससी सीएसआईटी विषयको तेश्रो वर्षको पाँचौं शत्र २०७४ समूहको नियमित तथा सोही शत्रको त्यस अगाडिका समूहको आंशिक परीक्षा हुनेछ । साथै प्रथ वर्ष प्रथम शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको त्यसभन्दा अगाडिको समूहको आंशिक परीक्षाको तालिका समेत सार्वजनिक भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण २०७६ चैत ६ गते प्रकाशित सूचना अनुसार स्थगित तेस्रो वर्षको पाँचौं शत्रको परीक्षा पुष २८ गतेदेखि र प्रथम वर्ष प्रथम शत्रको परीक्षा माघ २ गतेदेखि सञ्चालन हुनेछ ।