सौराहा–पोखरा बस सञ्चालन गरिने, साथमा विशेष सेवा

३२ असार २०७५, सोमबार ०७:४०

असार ३२,काठमाडौं ।

सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ ।

पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो ।

ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर रु एक हजार ५०० रहेको छ ।

साथमा विशेष सेवा

सो भाडाबापत यात्रुले बिहानको खाजा, खाना, चिया, कफी, चिसो पेय पदार्थसँगै पत्रपत्रिका पढ्न पाउनेछन् ।

पोखरा जगदम्भा ट्राभल्सको बस बिहान ७ः३० बजे सौराहाबाट र सोही समयमा पोखराबाट छुट्ने छ ।