सोनिया राईलाई छुरा प्रहार गरी हत्या

२९ माघ २०७५, मंगलवार १३:१८

सुनसरी , सुनसरीमा छुरा प्रहार गरि हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–४ माङहिङ टोल डेरा गरी बस्ने सोलुखुम्बुका ३६ वर्षीय लालबहादुर राई रहेका छन् । राईले सोही स्थानमा डेरा गरी बस्ने खोटाङ घर भएकी ३२ वर्षीया सोनिया राईलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।