सेभियाले दियो बार्सिलोनालाई चेतावनी : स्पेनिस सुपर कप

२७ श्रावण २०७५, आईतवार १७:१६

साउन २७, काठमाडौं । एजेन्सी

सेभियाले स्पेनिस सुपर कप नखेल्ने चेतावनी दिएको छ ।

प्रतिद्वन्द्वी बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा राखे खेल नै बहिस्कार गर्ने सेभियाको चेतावनी छ ।

स्पेनिस फुटबल संघले शनिबार मात्र गैरयुरोपियन खेलाडीमा कुनै रोक नलगाइने बताएको थियो । जबकी स्पेनिस ला लिगामा एउटा क्लबले बढीमा तीन गैरयुरोपियन खेलाडी खेलाउन पाउँछ ।

सुपर कपको पूर्वसन्ध्यामा फुटबल संघबाट भएको घोषणा आश्चर्यजनक भएको सेभियाले बताएको छ ।