सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

२९ माघ २०७६, बुधबार १८:४८

दाङ , नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका(३ चोरखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा यादवप्रसाद घरेल रहेका छन।

गाडीमा सात जना सवार थिए। सवारमध्ये चार जनाको उद्धार गरी दाङ पठाइएको छ। दुर्घटनाका घाइतेहरुमा मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हवल्दार जय प्रकाश बोहरा रहेका छन्। अन्य तीन जना घाइतेको नाम भने खुलेको छैन। दुई जना हराइरहेका छन्। घाइतेहरुको अवस्था गम्भीर छ।

गाडी करिब ५ सय मिटर तल खसेको छ। गाडीमा हतियार र बम भएकोले उद्दारमा जोखिम भएको छ। उक्त गाडी हतियार लिएर बुटवल जान लागेको बताइएको छ। गाडी पुरै टुक्राटुक्रा भएको छ।

यसैबीच घाइतेलाई उपचारका लागि काठडामाडौ‌ ल्याउनका लागि सेनाको हेलिकोप्टर आइपुगेकोे छ। स्रोत अन्नपूर्ण