सुन चाँदीको मूल्य बढ्यो

१८ मंसिर २०७६, बुधबार १६:४१

काठमाडौँ , आज सुनको मूल्य तोलाको रु ८०० ले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज निर्धारण गरेको छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० छ। आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो।

महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९०० निर्धारण गरेको छ। आइतबार रु ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला रु ७१ हजार १०० मा खरिदबिक्री भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। सोमबार र मङ्गलबार प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला रु ८६५ पुगेको छ।