सुनमा मिसावट गरेको आरोपमा ११ व्यवसायी पक्राउ

१७ असार २०७५, आईतवार ०७:२९

असार १७, काठमाडौं ।

सुनमा मिसावाट गरेको आरोपमा ११ सुन व्यवसायी पक्राउ परेका छन् । बर्दिया प्रहरीले उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो ।

 

सुनमा मिसावट गरेको उजुरी परेपछि ११ सुन व्यवसायीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । तर पक्राउ परेका व्यवसायीका बारेमा भने खुलाइएको छैन ।
पक्राउ परेका व्यवसायीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।