सुनको मूल्य फेरि तोलामा रु २०० ले घट्यो

२४ मंसिर २०७६, मंगलवार १४:१५

काठमाडौँ , आज मंगलबार सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोमलामा ७० हजार ५०० मा कारोबार भएको छ । चाँदीको पनि रु ५ घटेको छ ।यस्तै चाँदी तोलामा रु ८३० मा कारोबार भएको छ ।