सुनको मुल्य घट्यो

२८ फाल्गुन २०७६, बुधबार १६:३५

काठमाडौं , नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।सुनमा आज एकै दिन ४०० ले गिरावट आएको छ ।
मङगलवार ८२ हजार ७०० मा कारोबार भएको सुनको मुल्य आज बुधवार प्रतितोला ८२ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै,तेजावी सुन प्रतितोला ८२ हजारमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य भने स्थिर रहि प्रतिोला ८ सय ८० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ ।