सुनको भाउ बढ्यो

२१ जेष्ठ २०७६, मंगलवार ११:५८

काठमाडौं , नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ७०० मा कारोबार भइरहेको छ । सोमबार सुनको भाउ ६१ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा रु७१० मा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।