सुनको भाउ तोलामा हजार रुपैयाँले घट्यो

१३ भाद्र २०७६, शुक्रबार १५:१८

काठमाडौं , सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको छ । बिहिबार प्रतितोला ७३ हजार ४ सय रुपैयाँ रहेको सुन शुक्रबार तोलामा एक हजार घटेर प्रतितोला ७२ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासँघले दिएको जानकारी अनुसार शुक्रबारको लागि छापावाल सुन प्रतितोला ७२ हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला ७२ हजार एक सय रुपैयाँ कायम रहेको छ ।