सिलिन्डर ग्यास पड्किएर आगलागी

५ असार २०७६, बिहीबार १०:५३

जनकपुरधाम , सिलिन्डर ग्यास पड्किएर जनकपुरमा बिहीबार बिहानै आगलागी भएको छ। जनकपुरधाम उपमहानगरपालिका –२ कदमचोकको होटलमा जडान गरिएको फ्रिजमा विद्युत सर्ट भइ आगलागी सुरु भएको थियो। आगलागीमा सोही होटलमा राखिएको ८ वटा ग्यास सिलिन्डर पड्किएको थियो। ग्यास विस्फोट भएपछि आगलागीले ठूलो रुप लिएको हो। आगोले तीनवटा होटेल पूर्ण रुपमा जलेको छ।