सिन्धुपाल्चोकमा सय प्रतिशत पुर्‍याउने योजना

२७ चैत्र २०७४, मंगलवार ०९:३८

चैत २७ काठमाडौं ।

विद्यालय बाहिर रहेका सम्पूर्ण बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने अभियानका साथ जिल्ल्ाा शिक्षा कार्यालय सिन्धुपाल्चोकले विशेष अभियान सञ्चालन गर्नै तयारी गरेको छ ।

सिन्धुपाल्चोकका सम्पुर्ण स्थानीय तह र विद्यालयहरुमा अभियान एकै साथ सञ्चालन गरिने र यो वर्ष विद्यालय बाहिर शुन्य विद्यार्थी गराउने अभियानमा जिल्ला शिक्षा कार्यालय रहेको छ ।

जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी गौरीशंकर पाण्डेले माझी,दनुवार,पहरी, थामी लगायत लोपन्मुख समुदाय रहेका बस्तीमा अभियान विशेष रुपमा केन्द्रीत गरिने पाण्डेले जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालयले औपचारीक रुपमा चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारको माझी वस्तीमा औपचारीक कार्यक्रम गरेर भर्ना अभियानको सुरुआत गर्ने तयारी गरेको छ ।

अन्य गाउँपालिका र नगरपालिकामा पनि त्यही अनुसारको कार्यक्रम तय भएको छ जिशिअ पाण्डेले भने-‘खोजी खोजी विद्यार्थी भर्ना गराउँछौ,र भर्ना भएका विद्यार्थीहरुलाई टिकाउने अभियान पनि सञ्चालन गर्ने छौ ।’

सिन्धुपाल्चोकमा कक्षा १ देखि १० सम्म ८३ हजार विद्यार्थी रहेका छन् ति मध्ये ५ देखि १३ उमेर समुहका ६ सय ४६ विद्यार्थी विद्यालय बाहिर रहेको जिल्ला शिक्षा अधिकारी पाण्डेले जानकारी दिए ।