सिन्धुपाल्चोकका अधिंकाश परीक्षार्थीले टहरामा नै दिए जाँच

८ चैत्र २०७४, बिहीबार ०९:४१

चैत ८, काठमाडौं ।

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि सिन्धुपाल्चोकका अधिंकाश परीक्षार्थीले टहरामा नै दिएका छन् ।

भूकम्पबाट ध्वस्त विद्यालयहरु पुनर्निर्माण पूरा नहुँदा यो वर्ष पनि विद्यार्थीहरुको सुविधासम्पन्न कक्षाकोठामा बसेर परीक्षा दिने सपना अधुरै रहृयो ।


‘टहरोमै पढाइ सक्यौं र टहरोमै परीक्षा दियौं’ सदरमुकाम चौताराको कृष्णरत्न गंगा माध्यमिक विद्यालयमा परीक्षा दिइरहेकी समिता दंगालले भनिन् ।

‘पढाइ र परीक्षा मात्रै टहरोमा होइन बसाइ पनि टहरोमा नै छ’ उनले भनिन् ‘अब क्याम्पस चाहिँ भवनमा बसेर पढ्न पाइन्छ कि !’

जिल्लाका २३ परीक्षा केन्द्रमध्ये १० परीक्षाकेन्द्र अस्थायी टहरोमा नै सञ्चालन भएको छ ।

भवन निर्माण भइरहेकाले परीक्षाकेन्द्रहरु टहरोमै परीक्षा सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी गौरीशंकर पाण्डेले जानकारी दिए ।

रत्नराज्य मावि चनौटे, बाघभैरव मावि ठोकर्पा, महेन्द्रक्रान्ति मावि, झिर्पु माविलगायतका परीक्षाकेन्द्रहरु टहरोमा नै सञ्चालन गरिएको छ ।