सिन्डिकेट फिर्ता हुदैनः गृहमन्त्री थापा

२३ मंसिर २०७५, आईतवार १५:५३

काठमाण्डौ,बिकास र समृद्दिको आधार यातायात क्षेत्र भएको हुनाले यो क्षेत्रलाई बिकास गर्नु पर्ने कुरामा गृहमन्त्री राम बहादुर थापाले जोड दिएका छन । नेपाल सार्वजनिक यातायात प्रा ली समन्वय समितिको प्रथम केन्द्रिय भेलाको उदघाटन गदै गृहमन्त्री थापाले उक्त कुरा बताएका हुन ।

उनले यातायात क्षेत्रलाई मर्यादित र ब्यवस्थित बनाउन नै सिन्डीकेट तोडनु परेको बताए । यातायातको बिकास भयो भने देशको बिकास हुने गृहमन्त्री थापाले बताए । सिन्डीकेट भनेको एकलौटी हो भन्दै थापाले अव सिन्डीकेट फिर्ता नहुने समेत ठोकुवा गरे । त्यसै गरी नेपाल सार्वजनिक यातायात प्रा ली समन्वय समितीका अध्यक्ष होम प्रसाद अधिकारीले यातायात क्षेत्रलाई मर्यादित र ब्यवस्थित बनाउन आफनो तर्फवाट कुनै कसुर बाँकी नराख्ने बताए । यातायात क्षेत्रको बिज्ञ समेत रहेका अधिकारीले सिन्डीकेट हटाएकोमा खुसि समेत ब्यक्त गरे ।