सांसद अपहरणको जाहेरी सरकारी वकिलको कार्यालयले लिएन

१६ बैशाख २०७७, मंगलवार १७:२४

काठमाडौं, सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी लिन अस्वीकार गरेको छ। अपहरणको जाहेरी दिन पीडित सांसद डा। सुरेन्द्र यादव जनता समाजवादी पार्टीका नेताहरु सहित सरकारी वकिलको कार्यालय पुगेका थिए।

यस अघि काठमाडौं प्रहरीमा जाहेरी दिन पुगेका नेताहरुलाई प्रहरीले महोत्तरी नै जान भनेको थियो। त्यस पछि उनीहरुले दोस्रो विकल्प खोज्दै सरकारी वकिलको कार्यालय पुगेका थिए।