सरला गौतमले ल्याइन् ‘डुमेरो’

१७ श्रावण २०७७, शनिबार १२:५७

काठमाडौं , सञ्चारकर्मी सरला गौतमले नयाँ उपन्यास ‘डुमेरो’ बजारमा ल्याएकी छन् । यो उपन्याससँगै उनले आफूलाई आख्यानकारका रूपमा प्रस्तुत गरेकी छन् । यो उपन्यासलाई नेपालय पब्लिकेसनले छापेको हो । जसमा सानो सहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोजीको कथानकलाई प्रस्तुत गरिएको छ ।