सरकारले बोलायो राष्ट्रिय सभा बैठक

१० पुष २०७७, शुक्रबार २२:०५

सरकारले राष्ट्रिय सभाको अर्को अधिवेशन बोलाएको छ ।आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन बोलाउने सिफारिस गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले १७ पुसका लागि अधिवेशन बोलाएको हो । मन्त्रिपरिषद्को यो सिफारिस अब राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्दै अधिवेशन बोलाउने छिन् ।