सरकारले नगदसहित घोषित सामग्री सहितको राहत तत्काल वितरण गरोस्ः सिंह

२४ चैत्र २०७६, सोमबार १६:२८

काठमाडौं, लोक दलका अध्यक्ष कौशल कुमार सिंहले संकटका बेला नेपाल सरकरले भेदभावपूर्ण तरिकाले आफ्नो मतदातालाई लक्ष्ति गरी राहत वितरण गर्नु कदापी न्यायसंगत नभएको आरोप लगाउनु भएको छ । एक प्रेस बिज्ञप्ति जारी गदै यस्तो बताउनु भएको हो । उहाँले बिज्ञप्तिमा भन्नु भएको छ – हामीले अभावग्रस्त परिवारलाई दाल, चामल, नुन लगायत नगद रु। ५०००÷– सहितको राहत सामग्री वितरण गर्न लगातार सरकारसँग माग गरिरहेको अवस्थामा अहिले अर्थ मन्त्रालय, नेपाल सरकारले मिति २०७६।१२।१९ गते श्रमिक वर्ग र असहायलाई मात्र नगद बिनाको चामल ३० किलो, दाल ३ किलो, नुन २ प्याकेट, खाने तेल २ लिटर, साबुन ५ वटा र चिनी २ किलो दिईने निर्णय गरेको छ । ,
उहाँले समाजमा रहेका पिछडावर्ग समुदाय (दलित, जनजाती, ओबीसी) का अधिकांश परिवार तथा अन्य कमजोर र गरिब वर्ग अहिले पनि अभावग्रस्त भएको बताउनु भएको छ । विगतदेखिको केही दिनको लगातारको लकडनका कारण देशभरका सबै शहर र गाउँका प्रायः सबै परिवार अभाव झेलिरहेको बताउदै संकटका बेला नेपाल सरकरले भेदभावपूर्ण तरिकाले आफ्नो मतदातालाई लक्ष्ति गरी राहत वितरण गरेको उहाँको भनाई छ ।
यसलाई सुधार गरि सबै अभावग्रस्त परिवारलाई रु। ५०००÷– नगदसहित घोषित सामग्री सहितको राहत सरकारले तत्काल वितरण गरोस् भन्र्ने उहाँको माग छ। यस्तो छ बिज्ञप्ति