सरकारले कमिसन खाएर बुढिगण्डकी निजी क्षेत्रलाई दिएकोे हो डा बाबुराम भट्टराई

२९ आश्विन २०७५, सोमबार १६:२३

 

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अल्पज्ञानका कारण सरकार असफल भएको बताएका छन् । केपी ओली सरकारले एक बर्षमा केही काम गर्न नसकेको भन्दै उनले जनताले चाँडै विकल्प खोज्ने बताए ।सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा भट्टराईले ‘यो सरकारले आफ्नै भार थेग्न नसक्ने भइसक्यो, यही बाटोमा हिड्यो भने भविश्य राम्रो छैन ।

शान्ति सुरक्षाको अनुभूति गराउन नसकेको तथा बलात्कार, हत्या, हिंसा जस्ता अपराधिक क्रियाकलाप बढेको भन्दै उनले सरकारको आलोचना गरे पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारले कमिसन खाएर बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दिएको आरोप लगाए ।आ–आफ्नो स्वार्थ पुरा गर्न आयोजनालाई भकुन्डो जस्तो बनाएर सरकार पिच्छे विभिन्न निजी क्षेत्रलाई जिम्मा दिँदै आएका छन्, कमिसनको खेलमा कालोसूचीमा परेको चीनको गेजुवालाई दिइएको उनको दाबी छ । आयोजना निर्माण भए बाबुरामले जस पाउँछ भन्ने सरकारको संक्रिण सोच रहेको भन्दै यस्तो गलत ढंगले नसोच्न आग्रह समेत गरेका छन्