समय जुनसुकै बेला फेरिन सक्छ, सुखःदुख आउँदै–जाँदै गर्छन् तसर्थ कहिल्यै घमण्ड नगरौं

२४ माघ २०७६, शुक्रबार १०:४४

एजेन्सी ,कति व्यक्तिलाई आफ्नो सुख सुविधा र उत्कृष्ट जीवनशैलीमा घमण्ड हुन्छ । त्यसकारण उनीहरु अरुलाई खासै महत्व दिँदैनन् । घमण्डका कारण थुप्रै समस्या बढ्न सक्छन् । यहाँ यस्तै एउटा प्रेरक प्रसंगबारे कुरा गरिएको छ जसमा समय जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने जानकारी दिँदै कसैले पनि घमण्ड गर्न नहुने बताइएको छ ।– प्रचलित लोक कथा अनसार पुरानो समयमा एक राजकुमार शिक्षाका लागि आश्रम जाने बेला सधैंजसो एक वृद्ध व्यक्तिलाई भिख मागिरहेको देख्ने गर्थे । ती वृद्ध बाटोमै बसिरहन्थे र त्यहाँ आवतजावत गर्ने बटुवासँग पैसा र खाना माग्ने गर्दथे ।
उनले राम्रोसँग खान पाउँदैनथे त्यसकारण उनी निकै दुब्लो थिए, उनको कपडा पनि निकै फोहोर हुन्थे ।– राजकुमारसँग सुख सुविधाका हरेक वस्तु थिए तर उनले ती वृद्ध व्यक्तिलाई फिटिक्कै मन पराउँदैनथे । एकदिन उनले भिख माग्ने व्यक्तिलाई भने, ‘तिमीसँग केही पनि छैन, भिख माग्छौ, यस्तो जीवन किन बाँच्न चाहन्छौ किन भागवानलाई आफू भएठाउँ चाँडै नै बोलाउन प्रार्थना गदैनौं ’– वृद्ध व्यक्तिले भने, ‘म सधैं साँझ बिहान भगवानसँग आफ्नो जीवन कुनै कामको नभएको भन्दै मलाई उहाँहरु भएठाउँ बोलाउन प्रार्थना गर्छु तर भगवानले मेरो प्रार्थना सुन्नु नै हुन्नँ ।
सायद भगवान म यसै दुनियाँमा रहूँ भन्ने चाहनुहुन्छ ता कि मानिसहरुले मलाई देखेर समय जुनसुकै बेला परिवर्तन हुनसक्छ भन्ने जानून् ।’– उनले राजकुमारलाई भने, ‘कुनै बेला मसँग पनि धन थियो । मसँग पनि सुख सुविधा थिए तर मैले कहिले पनि मानिसहरुको मद्दत गरिनँ, मलाई मेरो रुप रंग र धनमा घमण्ड थियो । अब मेरो सबैकुरा बर्बाद भएको छ, मसँग खानका लागि खाना छैन, लगाउनका लागि कपडा छैन । मलाई देखेर सबैले यो बुझ्नुपर्छ कि कसैले पनि घमण्ड गर्नु हुँदैन, सुख–दुःख आइरहन्छन्, समय जुनसुकै बेला पनि परिवर्तन हुनसक्छ ।’स्मार्ट खबरबाट