सभामुख तिब्बत भ्रमण सकेर स्वदेश फर्किए

२७ भाद्र २०७५, बुधबार १३:१६

 

काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफ्नो चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण सकेर स्वदेश फर्किएका छन । उनले भ्रमण फलदायी भएको बताएका छन् ।

उनि चीनको स्वशासित क्षेत्र तिब्बतको ५ दिने औंपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका हुन । महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भ्रमण फलदायी र निकै उपलब्धिमूलक भएको बताए ।

तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरेको पाइएको उनले बताए । तिब्बत सरकारका प्रमुखसँग भएको भेटमा पनि तातोपानी नाका खुलाउने विषयमा छलफल भएको भन्दै उनले नाका छिट्टै खुलाउने गरी आन्तरिक तयारीको कामलाई अघि बढाइएको तिब्बत सरकारले जानकारी दिएको बताए ।