सभामुखले आत्मआलोचना नगरे आज पनि कांग्रेसले संसद अवरुद्ध गर्ने

२५ पुष २०७५, बुधबार १३:०९

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले ‘गल्ति’नसच्याए आज बस्ने प्रतिनिधिसभाको बैठक  सञ्चालन हुन नदिने चुनौति दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गरेको सम्वोधन लगत्तै प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाएको भन्दै बैठक अवरुद्ध भएको थियो। सभामुखसँग कार्य व्यवस्था समितिमा पूर्व निर्धारित कार्यतालिकाअनुसार प्रमुख प्रतिपक्ष दलका पाँच सदस्यलाई बोल्न नदिइएकोप्रति कांग्रेसले आपत्ति जनाएको छ।कांग्रेसले संघीय संसदको ‘प्रतिनिधिसभा नियमावली’को २१९ अन्तर्गत प्रश्न सोध्न दिनुपर्ने विषयमा विवाद भएपछि होहल्ला बीचमै सभामुख कृष्णबहादुर महराले संसदमा दुई विधेयक पेस गर्न अनुमति दिएका थिए।