सदन र सडक तताउने कांग्रेसको चेतावनी

१ जेष्ठ २०७६, बुधबार १३:१५

काठमाडौं , प्रमुख विपक्षी नेपाली कांग्रेसले मिडिया काउन्सिलसम्बन्धी विधेयक अगाडि बढाए सदन र सडकबाट घेराउ गर्ने बताएको छ ।
कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले मानवअधिकार आयोग, मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकको विरोध गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाँडले भन्नु भयो , ‘तीन वटै विधेयक संविधान प्रतिकुल आएका छन्, सरकारले फिर्ता लिनुपर्छ ।’

मिडिया काउन्सिल विधेयकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुन्ठित गर्ने कांग्रेसको ठहर छ । प्रमुख सचेतक खाडले भन्नु भयो , ‘यदि जबरजस्ती विधेयकलाई अगाडि बढाउन खोज्यो भने कांग्रेसले सदनभित्र र बाहिर सडकमा आफ्नो शक्ति परिचालन गर्नेछ ।’