सत्ताकेन्द्रित राजनीति

७ श्रावण २०७७, बुधबार ११:४३

– डा डीआर उपाध्याय,

कोरोना भाइरस (कोभिड) १९ को महामारीको रोकथाम र नियन्त्रण भन्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन १२०औँ दिनमा अन्त्य भएको घोषणा गरेको छ । यो चार महिनाको अवधिमा मुलुकको अर्थतन्त्र कमजोर बन्न पुगेको छ । यस्तै पछिल्लो समय देशभर देखिएको बाढी पहिरोले आम जनतालाई थप आक्रान्त बनाएको छ ।

देश यस्तो परिस्थितिबाट गुज्रिरहेको बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने पार्टीभित्रको अन्तरद्वन्द्वममा फसेको छ । यसले आम जनमानसमा निराशा छाएको छ । सरकारले जनताका पिर मर्का बुझन सकेन । नेताहरु सत्ता कसरी जोगाउने भन्र्ने आन्तरिक झगडामा लागीरहेका छन् । सत्तारूढ दल नेकपाको आन्तरिक विवाद के को लागि हो ? यो बेमौसमी वाजा किन बजाइएको छ ? यति बेला सत्तारुढ दलको यो गतिविधि देखदा जनताको आशामा निराशा छाएको छ । नेकपा र तत्कालिन माओवादी एक भएर चुनाव लडदै आम जनतामाझ बाँडेका सपना, बाचा र प्रतिबद्धता कार्यान्वयन गरेको खै ? चुनावका बेला बोलेका कुरा बिर्सेर नेताहरू सङ्कीर्ण, सत्ता स्वार्थमा लाग्नु राम्रो पक्कै पनि सङ्केत होइन । यसले पार्टीलाई मात्र होइन, देशलाई नै घाटा छ । यो खेल बन्द गर्नुपर्छ । जनता भोकैतिर्खै मरून्, बाँचून् केही मतलव छैन ।

चुनावमा जनताले कम्युनिस्ट गठबन्धनलाई झन्डै दुईतिहाइ मत दिए। केही महिना सर्वसाधारणमा स्थायी सरकार र राजनीतिक स्थायित्वको आशा पलायो । विकास र सम्बृद्धिको यात्रा अघि बढ्छकी भन्र्ने जनतामा आश थियो । अहिले सवै आशा निराशामा परिणत भएको छ ।

यति बेला नेकपा आन्तरिक किचलो र सत्ता स्वार्थको दलदलमा फसेको छ । सैद्धान्तिक, वैचारिक र राजनीतिकभन्दा सत्ताकेन्द्रित राजनीतिले नेकपाको भविष्यमाथि नै गम्भिर प्रश्न उठाएको छ । यससँगै मुलुकको संविधान र लोकतान्त्रिक प्रक्रिया नै धरापमा पर्ने हो की भन्र्ने चिन्ता बढाएको छ । तीन करोड नेपालीको विश्वास, भरोसा, विकासप्रतिको चाहनामा ठेस लागेको छ । नेकपा नेताहरू जनताको मत, भावना र विश्वासलाई कुल्चँदै हिडिरहेका छन् । झन्डै दुई तिहाईको सरकारबाट नेपाली जनताको जुन किसिमको आशा र अपेक्षा राखेका थिए त्यसमाथि तुषरापात भएको छ ।

अब यसरी मूलुक र जनताको भविष्य निर्माण हुँदैन । नेकपाले आन्तरिक एकता सुदृढ र बलियो बनाउनुपर्छ । विकास निर्माण अघि बढाउने काममा तल्लिन हुनुपर्छ । बाढी पहिरो रोकथाम, नियन्त्रण र राहत वितरणमा लागिपर्नुपर्छ । सरकार मात्र होइन, नेता कार्यकर्ता यसमा परिचालित हुनुपर्छ । जनताको विकास र सम्बृद्धिको इच्छा कसरी पूरा गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ ।

आन्तरिक झैझगडालाई चाँडो समाधान गरेर जनतामा सकारात्मक सन्देश दिन जरुरी छ । कोरा सपना बाँड्ने काम मात्र गर्नुहुँदैन । बालुवाटार, खुमलटार, कोटेश्वर र भैंसेपाटीका बैठकहरू गरेर मात्र मुलुकले निकास पाउदैन ।