संसारकै हट नर्स

२१ कार्तिक २०७६, बिहीबार १५:१२

एजेन्सी ,ताइवानस्थित मिन शेङ जनरल अस्पतालमा कार्यरत क्यारिना लिन पेशाले नर्स हुन् । आफ्नो पेसाले भन्दा पनि तस्बिरका कारण उनी यतिबेला सामाजिक सञ्जालमा भाइरल छिन् ।

इन्स्टाग्राममा उनले आफ्ना ग्ल्यामर तस्बिर पोष्ट गर्न थालेपछि क्यारिना भाइरल बन्न थालेकी हुन् । उनले पोस्ट गरेका तस्बिरका कारण क्यारिनालाई अहिले संसारकै हट नर्स भन्न थालिएको छ ।

उनको इन्स्टामा लाखौँ फलोअर्स रहेका छन् । आफ्नो खुसीका लागि इन्स्टामा तस्बिर पोस्ट गर्ने गरेको बताउँछिन् ।

‘म साधारण मान्छे हुँ । मैले भाइरल हुन तस्बिर खिचाएको होइन, आनन्दका लागि तस्बिर खिचाउने गरेकी छु ,’ उनको भनाइ छ, ‘म मेरो नर्सिङ पेशालाई अत्यन्तै सम्मान गर्छु र त्यसमा गम्भीर छु, ड्युटी अफ भएका बेला मात्र तस्बिर खिचेर पोस्ट गर्ने गरेकी छु ।’ नर्सले मोडलिङ गर्न पाइँदैन भनेर कर्त पनि नलेखेको उनको भनाइ छ ।