काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा २४४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ पुगेको छ ।
शुक्रबारसम्म १२ हजार १११ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ७६८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ३ लाख ७५ हजार ४१६ नमूनाको पिसिआर परीक्षण सम्पन्न भएको छ ।
थप चार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।