शुक्रकिटको मूल्य २ हजार

२१ आश्विन २०७५, आईतवार १३:४२

नेपालमा टेस्टट्युब बेबीको सुरुवात भएको १५ वर्ष भएको छ । २०६० बाट सुरु भएको यो प्रविधिको प्रयोग निसन्तानहरूका लागि बरदान बनेको छ । यो सेवा ओम अस्पतालले सुरु गरेपछि अहिले देशका विभिन्न ठाउँमा पुगिसकेको छ । प्रदेश ५ को राजधानी बुटवलको लुम्बिनी सिटी अस्पतालमा २०७३ सालदेखि टेस्टट्युब बेबीको उत्पदानको सुरुवात भइसकेको होयसको सुरुवात स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा प्रदीपकुमार श्रीवास्तले गरेका हुन्

टेस्टट्युब बेबी निःसन्तान दम्पतीका लागि सन्तान प्राप्तिको राम्रो विकल्प बनिरहेको छ । टेस्टट्युब बेबीकै कारण कैयौँ दम्पतीले सन्तान सुख पाइसकेका छन् । अन्य विधिबाट सन्तान उत्पदान गर्न सक्दैनन् भन्ने निष्कर्षमा पुगेपछि टेस्टट्युबको प्रक्रिया जान सल्लाह दिने गरीन्छ। यसमा पनि दुई विधि छन्– आईभी एफ र आईसीएसआई रहेका छन् । टेस्टट्युब बेबीका लागि पहिला श्रीमानको वीर्यको जाँच गरेपछि सुक्रक्रिट छ कि छैन पत्ता लाग्छ । छ भने २० देखि ६० मिलियनबीच हुनुपर्छ । त्योभन्दा बाहिर पनि समस्या हुनसक्छ । पुरुषले सुक्रकिट उत्पदान गर्न सकेन भने डोनर खोजिन्छ । महिलाको शरीरले अन्डा उत्पादन गरेको छैन या उत्पदान भए पनि पूर्ण क्षमताको छैन भने अन्य महिलाको अन्डा लिएर यो प्रक्रियमा जाने हो । यसभित्र दुई प्रकारका विधि छन् । महिलाहरूको शरीरले अण्डा उत्पादन गर्न सकेन भने दिदीबहिनी या साथीभाइको अण्डा लिन सिफारिस गरिन्छ ।लुम्बिनी सिटी अस्पतालले इम्रियो बैङ्कको स्थापना गरेकोेछ। जहाँ पुरुषको सुक्रकिट सुरक्षति रूपमा राखिएको हुन्छ । जहाँ विभिन्न डोनरका स्वास्थ्य सुक्रकिट राखेका हुन्छौँ । यस्ता उनीहरूलाई एक पटकमा हामीले २ हजारदेखि ३ हजार रूपैयाँसम्म दिने गरेका छौँ । त्यो रकम अन्तत बिरामीको उपचारमा जोडिन्छ त्यो गोप्य हुन्छ । ताकि कसको हो, कुन हो अस्पतालले भन्न मिल्दैन । यदि आफै डोनर खोजेर ल्याएका छन् भने अस्पतालले गोप्यता राखिदिने हो । सबै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।