शान्ति सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धीः गृहमन्त्री थापा

१४ बैशाख २०७६, शनिबार १३:३२

जनकपुर, गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले शान्ति सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको दाबी गर्नु भएको छ ।
प्रदेश नम्बर २ मा आयोजित सुरक्षा गोष्ठीलाई शनिबार जनकपुरमा सम्बोधन गर्दै गृहमन्त्री बादलले अराजक गतिविधिमा लागेकाहरुलाई नियन्त्रणमा लिइ सरकारले शान्ति सुरक्षा कायम राख्नमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गर्नु भएको हो ।

सिके राउत तर्फ ईंगित गर्दै उहाँले अलग देशको माग लिएर आन्दोलन गर्दै आएकालाई मुलधारमा ल्याइनु महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । उहाँले मुलुकको हित विपरित कार्य गर्ने विप्लव समूह नसच्चिए तह लगाएरै छाडिने पनि चेतावनी दिनु भयो ।