शताब्दी पुरुषद्धारा न्यौपानेका तिन कृतिको लोकार्पण

२७ चैत्र २०७४, मंगलवार ११:४८

चैत २७, काठमाडौं ।

शुक्रवार साहित्यकार तुलसी प्रसाद न्यौपानको “कृत कविता संग्रह”, “विर्सिएका कविताहरु”, “नियात्रा संस्मरण एक फन्को” र कथा संग्रह “नसंझिएका कथाहरु”को लोकार्पण भएको छ ।

ललितपुर पाटन ढोकास्थित यल माया केन्द्रमा प्राध्यापक डा. केदार प्रसाद न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी शताब्दी पुरुष सत्य मोहन जोशीले न्यौपानेका रचनाहरुको लोकार्पण गर्नुभएको थिए ।

 

साहित्यकार त्रय शैलेन्द्र साकार, प्रा.डा. कुमार प्रसाद कोईराला र मोहन चापागाईले क्रमशः विर्सिएका कविताहरु, नसंझिएका कथाहरु र एक फन्को कृतिको समिक्षा गर्नु हुदै न्यौपानेको कृतिहरु आत्मपरक र यथार्थपरक रहेको धारणा राख्नुभएको थिए ।

 

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्नु हुदै संस्कुतिविद् एवं शताब्दी पुरुष सत्य मोहन जोशीले तुलसी प्रसाद न्यौपाने एक बहुआयामिक साहित्यिकार हुनुका साथै देशभक्त नागरिक रहेको धारणा राख्नुभएको थिए ।