व्यवसायिक आचार संहिता पालना गर्न महासंघको आग्रह

२८ आश्विन २०७७, बुधबार ०९:४८

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को महामारीका बेला व्यवसायीहरुलाई आचार संहिता भित्र रहेर व्यवसाय गर्न आग्रह गरेको छ । कठिन घडीम कम गुणस्तरीय सामान बिक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको बिक्री वितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपु¥याइ सामान बजारमा बिक्री गरेको पाइएपछि महासंघले व्यवसायीलाई सचेत बनाएको हो । प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघले व्यवसायीलाई मर्यादा र कानुनको पालना नर्बिसन आग्रह गरेको छ ।
महामारीको यो अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र बा“च्न पाउने अधिकारको रक्षा नै भएकाले त्यसतर्फ ध्यान दिन महासंघले व्यवसायीहरुलाई आग्रह गरेको छ । निजी क्षेत्रले महामारीमा नेपाल सरकारलाई दरिलो साथ र सहयोग दिँदै आएको भन्दै महासंघले अत्यावश्यक वस्तुहरूको आपूर्तिमा अहोरात्र खटिरहेको जनाएको छ । महामारीमा मुलुकको आपूर्ति प्रणालीमा कुनै रोकावट आउन नदिन आफू र आफ्नो परिवारको समेत ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका सम्पूर्ण उद्यमी व्यवसायीहरूप्रति महासंघ आभार प्रकट पनि गरेको छ । “कहिल्यै र कहिकतैबाट जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुनुहुँदैन, कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट छैन” महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
महासंघ आफ्ना सबै सदस्य जिल्ला, नगर उद्योग वाणिज्य संघहरूमार्फत मुलुकभरका उद्यमी व्यवसायीहरूमा व्यावसायिक आचार संहिताको पूर्णपालना गरी व्यापार व्यवसाय गर्न आह्वानसमेत गरेको छ । चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरी निरन्तरता दिन महासंघले सरकारसँग माग गरेको छ । यस्ता कार्यमा महासंघका सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि बढाउँदैसरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्न समेत महासंघले सरकारसँग माग गरेको छ । (कारोबारबाट साभार)