वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन रोकिएन

२३ कार्तिक २०७७, आईतवार ११:१७

काठमाडौं , वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन रोकिएको छैन । उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमहरु जारी राख्‍ने जनाएका छन् ।

चैतदेखि अहिलेसम्मको कोभिड भत्ता नपाएको, औषधि खरिद खर्च, सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नपाएको भन्दै स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरुले दिनको एक घण्टा हातमा कालो पट्टी बाँधेर अस्पताल परिसरमा धर्ना दिँदै आएका छन् ।

अस्पताल प्रशासनलाई पटक पटक जोखिम भत्ता र सुरक्षा सामग्रीको माग गर्दासमेत बेवास्ता गरेपछि कात्तिक २ गतेबाट धर्ना तथा आन्दोलन गर्न बाध्य भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।