विप्लव नेकपाको बन्दको प्रभाव सामान्य

१५ श्रावण २०७६, बुधबार १२:३९

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दको प्रभाव बुधबार सामान्य छ । आफ्नो पार्टीका उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्दको आह्वान गरेको हो ।

बन्द सफल पार्न भन्दै विप्लवका कार्यकर्ताले मकवानपुरको चार ठाँउमा बम राखेका थिए । हेटौंडा उपमहानगरपालिका–४ क्यइन टन्टी पार्टी प्यालेस अगाडी कुकर बम राखेका थिए ।

त्यस्तैगरी हेटौंडाकै उपमहानगरका–१, ४, र ११ नम्बर वडामासमेत बम राखेका थिए । उक्त बम नेपाली सेनाको टोलिले डिस्फोट गरिसकेको छ ।

त्यसरीनै नुवाकोटको ककनी गाउपालिका–१ कागतिगाँउमा रहेको वडा कार्यालयको भवनमा प्रेट्रोल बम विस्फोट भएको छ । विस्फोटका कारण कागजात फर्निचर र कम्यप्युटरमा क्षति पुगेको छ ।

त्यसरी नै झापाको ३ ठाँउमा विप्लव समूहले एनसेल टावरमा आगजनी गरेको छ ।