वर्तमान सरकारले समृद्धिका लागि आधार तयार पार्न सकेनः शशांक कोइराला

२ असार २०७६, सोमबार १५:४५

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा आपत्ति जनाउनु भएको छ ।

महामन्त्री कोइरालाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार बलियो भए पनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको दाबीसमेत गर्नु भयो । प्राध्यापक हरिशरण उपाध्यायद्धारा लिखित पुस्तक ‘श्री–जी’ को सोमबार काठमाडौंमा बिमोचन गर्दै उहाँले कांग्रेसले समृद्धिका लागि आधार तयार पारे पनि वर्तमान सरकारले त्यसलाई अघि बढाउन नसकेको बताउनु भयो ।