वर्तमान शासन व्यवस्था माथि चुनौती

१ चैत्र २०७५, शुक्रबार १४:४२

बिन्दुकान्त घिमिरे

जनताको अपेक्षाभन्दा उल्टो दिशातिर सरकार अघि बढेको अवस्थामा खवरदारी गर्ने मुख्य दायित्व वैधानिक प्रमुख प्रतिपक्षको हुन्छ । यस्तो अवस्थामा जनताले वैधानिक प्रतिपक्षको साथ सहयोग खोजिरहेका हुन्छन् । तर, यतिवेला वैधानिक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आन्तरिक संघर्षमै अलमलिन पुग्यो । जनताका पीडासँग साक्षात्कार गर्दै जनताको अवाज मुखरित गर्ने मामिलामा वैधानिक प्रतिपक्षी पार्टी नेपाली कांग्रेस चुक्यो । वैधानिक प्रमुख प्रतिपक्षी पार्टी चुकेकोले जनताले अवैधानिक प्रतिपक्ष विप्लव माओवादीतिर आश गर्न थाले । बरू विप्लव माओवादीले नै ओली सरकारलाई ठेगान लगाउन सक्छ कि, भन्ने आशामा जनता पुगे । जनता यो आशामा पुग्नु भनेको मुलुकको संविधान वर्तमान शासन व्यवस्था माथि निकै ठूलो चुनौती हो । अब यो चुनौतीको सामना सत्ता पक्ष र वैधानिक प्रतिपक्षले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी सम्हालेर गर्नुको विकल्प छैन । मुलुकका लागि तत्काल अत्यावश्यकीय र सम्भव हुने काम नगर्ने तर तत्काल असम्भव र आवश्यकताविहीन काम गर्दैछु भनेर प्रधानमन्त्री केपी ओलीले भाषण गर्दै हि“ड्ने विडम्बनामा मुलुक गुज्रिएको छ । यो मामिलामा धेरै उदाहरण दिनै पर्दैन । एउटै उदाहरण काफी छ । करिब ३ महिना भयो मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको । तर, प्रधानमन्त्री ओली पानीजहाज ल्याउने भाषण गर्दैछन् ।’ फेसबुकबाट साभार