लोकसेवा टिप्सः ३० वस्तुगत प्रश्नोत्तर

२५ कार्तिक २०७६, सोमबार ११:२२

१ विक्रम संवत् २०७६ कात्तिक १८ को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेश प्रमुखमा क–कसलाई चयन गरेको हो ?
प्रदेश १ः सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ः तिलक परियार, प्रदेश ३ः विष्णु प्रसाई, गण्डकी प्रदेशः अमिक शेरचन, प्रदेश ५ः धर्मनाथ यादव, कर्णाली प्रदेशः गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशः शर्मिलाकुमारी पन्त त्रिपाठी
– नवनियुक्त प्रदेश प्रमुखहरूले कात्तिक १९ मा राष्ट्रपतिसमक्ष शपथ लिई प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको ।
– मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त गरिएका सातैजना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको हो । साथै मन्त्रिपषिद्को सिफारिसमा सोही दिन साँझ राष्ट्रपतिबाट पदमुक्त गरिएको ।
२ यस वर्ष २०७६ को मदन–शिला स्रष्टा सम्मान कसलाई प्रदान गरियो ?
( राष्ट्रकवि माधव घिमिरे राशिः एक लाख एक हजार
त्यस्तै, मदन–शिला साहित्यिक पत्रकारिता पुरस्कार चन्द्रकुमार राई र अच्युतरमण अधिकारीलाई प्रदान गरिएको । राई र अधिकारीलाई जनही ५० हजार ५ सय र सम्मानपत्रद्वारा सम्मान गरिएको ।
३। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरिएको हो ?
( प्राध्यापक डा धर्मकान्त बाँस्कोटा
कात्तिक १७ मा उपकुलपतिमा नियुक्त बाँस्कोटाले कात्तिक १८ देखि पदभार सम्हाल्नुभएको ।
४ सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा कसलाई नियुक्त गरेको हो ?
( डा भगवान कोइराला
विसं २०७६ कात्तिक १७ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ।
५ पोषणसम्बन्धी पाँचौँ विश्व सम्मेलन कहाँ आयोजना गरिएको हो ?
( काठमाडौँ सन् २०१९ नोभेम्बर
– ‘पृथ्वी र मानव जाति दुवैलाई पोषित गर्ने’ नाराका साथ सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन दक्षिण एसियामा नै नेपालमा पहिलोपटक आयोजना भएको ।
– कुपोषण न्यूनीकरण गर्ने अभियानमा जुटेका देशले सम्मेलनलाई उच्च महत्त्वका साथ लिएका ।
– राष्ट्रिय योजना आयोगले संयोजन गरेको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी संस्थाका प्रतिनिधि, पोषणसम्बन्धी विज्ञलगायतका एक हजार दुई सयजनाको सहभागिता रहेको ।
– हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन हुने गरेको ।
६ नेपाली कामदार शून्य लागतमा यूएई जान पाउने व्यवस्था कहिलेदेखि कार्यान्वयनमा आएको हो रु
( विसं २०७६ कात्तिक १९
– विसं २०७६ कात्तिक १७–१८ मा काठमाडौँमा बसेको नेपाल युएई संयुक्त कार्यसमूहको बैठकले जेठमा भएको श्रम समझदारी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्झौता गरेसँगै शून्य लागतमा नेपाली कामदार युएई जान पाउने भएका । सम्झौता कात्तिक १९ देखि नै कार्यान्वयनमा आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको ।
– नेपाल र युएईबीच भएको कात्तिक १८ मा सो सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै बेहोनुपर्ने ।
– यसअघि सन् २००७ मा नेपाल र युएईबीच श्रम सम्झौता भएको ।
७ प्रदेश ३ मा पहिलो अपाङ्गता सूचना केन्द्रको स्थापना कहिले गरियो ?
( विसं २०७६ कात्तिक १८
८ नेपाल र म्यानमारबीच व्यापार र लगानीसम्बन्धी सम्झौता कहिले भएको हो ?
( विसं २०७५ मङ्सिर १४ सन् २०१८ नोभेम्बर ३०
९ माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
( २१६ मेगावाट
जलप्रवाहमा आधारित २१६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विसं २०७६ कात्तिक १५ मा नौ अन्तर्राष्ट्रिय ऋणदाताहरूसँग सम्झौता भएको ।
१० नेपालमा मन्ट्रियल सन्धि १९९९ कहिलेदेखि लागू भएको हो ?
( विसं २०७५ मङ्सिर २९
११। काठमाडौँ उपत्यकाको कुन ठाउँलाई ‘अशोकपतन’ पनि भनिन्थ्यो ?
पाटन
१२। विश्व सहरीकरण दिवस कहिले मनाउने गरिन्छ रु
अक्टोबर ३१
१३ नेपालमा सरकारी तवरबाट पहिलोपटक राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ?
( विसं २०७५ असार २०
मूल नाराः नसर्ने रोगमा प्रावृmतिक चिकित्सा
१४ पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा कहिले गरिएको हो ?
( विसं २०७४ चैत २०
१५ इथियोपियामा पहिलोपटक महिला राष्ट्रपति बन्न सफल कूटनीतिज्ञ को हुन् ?
(सले वर्क ज्युद
– राष्ट्रपति निर्वाचित हुनुअघि उहाँ अफ्रिकन युनियनका लागि राष्ट्रसङ्घीय प्रतिनिधि रहेको ।
– इथियोपियाको संविधानअनुसार त्यहाँ राष्ट्रपति आलङ्कारिक र प्रधानमन्त्री कार्यकारी अधिकारीयुक्त हुने प्रावधान रहेको ।
१६ सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कहिलेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ?
( विसं २०७५ भदौ २५
१७। संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिका लागि अमृत राईलाई कहिले नियुक्त गरिएको हो ?
( विसं २०७५ पुस २३
१८ सामुदायिक बीउ बैङ्कको स्थापना कहाँ गरिएको छ ?
माछापुच्छुरे गाउँपालिका, कास्की
१९ वागबानीका एन्टिभाइरस भनी कसलाई चिनिन्छ ?
मुकुुन्द रञ्जित
२० नेपाल राष्ट्रबैङ्कले विसं २०७६ असोज २८ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालका कति प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको छ ?
६०.९ प्रतिशत
– केन्द्रीय तथ्याङ्क विभागका अनुसार अहिले नेपालको कुल जनसङ्ख्या दुई करोड ९६ लाख पुगेको । राष्ट्रबैङ्कले दुई करोड ७८ लाख निक्षेप खातामा एक व्यक्तिको एकभन्दा बढी खाता र विदेशी नागरिकको खाता अलग्याएर यो विवरण तयार पारेको । अध्ययनले लघुवित्त र बचत तथा ऋण सहकारी संस्थाहरूका निक्षेपकर्ता तथा ऋणीहरू पनि अलग्याएको ।
– यसअघि विश्व बैङ्कको ग्लोबल फिनडेक्स डाटाबेसले सन् २०१७ मा ४५ प्रतिशत नेपालीको बैङ्क खाता रहेको देखिएको । त्यस्तै, सन् २०१४ मा फिन्सकोप सर्वेअनुसार नेपालका कुल वयस्क मध्ये ४० प्रतिशतको बैङ्क सेवामा पहुँच रहेको देखिएको ।
२१ सुन्धारास्थित धरहराको पुरानो नाम के हो ?
मिनार पछि भीमसेन स्तम्भ नामकरण गरिएको ।
२२ लुम्बिनीलाई पञ्चशील क्षेत्र कहिले घोषणा गरिएको हो ?
विसं २०७५ मङ्सिर ५
२३ नेपालको कुन ठाउँलाई खुला चिडियाखानाका रूपमा विकास गरिने भएको छ ?
डहरे देउराली पर्वत, स्याङ्जा र कास्कीको सिमानामा पर्ने डहरे देउरालीलाई फलेबास नगरपालिकाले खुला चिडियाखानाका रूपमा विकास गर्ने भएको ।
२४ नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली क्रिकेट टिमको कप्तानमा कसलाई नियुक्त ग¥यो ?
ज्ञानेन्द्र मल्ल (विसं २०७६ कात्तिक १३)
ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीका आठौँ कप्तान बनेका । यसअघि उत्तम कर्माचार्य, एलबी क्षेत्री (लेखबहादुर), पवन अग्रवाल, राजु खड्का, परेस लोहनी, विनोद दास र पारस खड्का राष्ट्रिय टोलीका कप्तान बनेका । यीमध्ये पारस सबैभन्दा सफल कप्तानका रूपमा स्थापित भएका । पारस सन् २००९ देखि २०१९ सम्म कप्तानको भूमिकामा रहेका । उहाँको कप्तानीमा नेपालले वानडे मान्यताप्राप्त ग¥यो भने २०१४ मा भएको आईसीसी विश्व टी–२० कपसमेत खेल्न पाएको ।
२५ सूर्यको प्रकाशबाट चम्किने ग्रह तथा उपग्रहजस्ता खगोलीय पिण्डको सतहबाट परावर्तन हुने प्रकाशको रिफ्लेक्टिभ पावरलाई के भनिन्छ ?
अलविडो
२६ कमैयाले तिर्नुपर्ने ऋणलाई के भनिन्छ ?
सौकी
२७ प्रशान्त महासागरमा एल–निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाइन्छ ?
मनसुन कमजोर भई न्यून वर्षा हुने
२८ सूर्यले आकाशगङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
ब्रह्माण्ड वर्ष
२९ छ महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरी रेकर्ड राख्न सफल नेपाली पर्वतारोही को हुन् ?
निर्मल पुर्जा
– ‘प्रोजेक्ट पोसिबल’ शीर्षकमा सात महिनामा विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्यसहति आरोहण सुरु गरेका पुर्जाले छ महिना छ दिनमा मिसन पूरा गरेका ।
– यसअघि सबैभन्दा छोटो समयमा यो रेकर्ड दक्षिण कोरियाका आरोही किम चाङ–होको नाममा रहेको । उहाँले सात वर्ष ११ महिना १४ दिनमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहणको रेकर्ड राखेको ।
– सन् २०१९ अप्रिलमा अन्नपूर्ण हिमालबाट आरोहणको थालनी गरेका पुर्जाले अक्टोबर १९ मा चीनको सिसापाङमा आरोहणसँगै अभियान पूरा गरेका ।
३० नेपालमा पहिलोपटक महिलाको फ्रेचाइज क्रिकेट वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) कहिले सम्पन्न भएको हो ?
विसं २०७६ असोज २९–कात्तिक ७ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान
२०७६ कात्तिक ७ मा भएको फाइनल प्रतिस्पर्धामा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई पराजित गर्दै फ्रेन्चाइज महिला च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको । गोरखापत्रबाट