लामो दुरीका सवारी रोक्ने सरकारको निर्णय स्वागत योग्य छः अधिकारी

९ चैत्र २०७६, आईतवार १०:२६

काठमाडौं, सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले सरकारले कोरोना भाइरस भित्रन् नदिन गरेको प्रयासलाई स्वागत गरेको छ ।
महासंघले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सरकारले लामो दुरीका सवारी रोक्ने निर्णय स्वागत योग्य भएको बताएको छ ।
महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले नेपाल सरकारले कोरोना भाइरस आउन नदिन जुन किसिमका कामहरु गरेको त्यसको लागि महासंघले हातेमालो र सहयोग गर्ने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले (शुक्रवार) राष्ट्रका नाममा जुन सम्वोधन गर्नुभएको छ त्यसमा पनि महासंघले स्वागत गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
उहाँले कोरोनाको संक्रमण भित्रन नदिन भारतबाट भित्रने भारतीय नागरिक पनि पूर्ण रुपमा रोक्न सरकारलाई आग्रह गर्नुभयो ।


साथै अधिकारीले नेपाली सवारी साधनहरुलाई ज्वरो नाप्ने यन्त्र, मास्क जस्ता सामानहरु उपलव्ध गराईदिन समेत सरकारलाई आग्रह गर्नुभयो ।
सरकाले तोकेको भन्दा कुनै सवारीले धेरै भाडा लिएको पाइएमा कारवाहीको दायरामा ल्याउन महासंघले सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्बाद क्लब नेपालमा भएको कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतबाट नेपाल आउने सवारी साधनमा आउने मानिस भित्रता सरकारले प्रभावकारी रुपमा चेकजाँच गर्न नसकेको आरोप लगाउनुभयो ।
उहाँले भारबाट नेपाल आउने सुनौली नाकामा विहान ६ बजे देखि वेलुका ६बजे सम्म चेकजाँच भए पनि रातीको समयमा चेकजाँच गर्ने काममा लापरवाही भएको बताउनुभयो ।
साथै सरकारले सवै क्षेत्रको अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी रहेको बताउदै जनता पनि सजक हुन जरुरी रहेको महर्जनले बताउनुभयो ।