लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँचजना पक्राउ

१५ कार्तिक २०७५, बिहीबार १२:४८

 

गुल्मी लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँचजनालाई सदरमुकाम तम्घासबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–८ का २६ वर्षीय विजय लिम्बू, गुल्मीको रेसुङ्गा नगरपालिका–२ का १९ वर्षीय नवीन विक, सोही ठाउँका १८ वर्षीय विवेक गुरुङ, मुसिकोट नगरपालिका–८ का १९ वर्षीय बिपीन ठकुरी र मुसिकोट नगरपालिका–३ का १८ वर्षीय विशाल रायमाझी रहेको प्रहरीले बताएको छ ।
मङ्गलबार राति ९ बजे रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका पूर्णबहादुर थकालीको घरमा लागुऔषध सेवन गरी होहल्ला गरेको सुराकीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।