लसुनको मूल्य, किलोको कति पुग्यो

२१ माघ २०७६, मंगलवार १०:४४


काठमाडौं , लसुनको मूल्य नेपाली बजारमा बढ्दै गइरहेको छ । दुई साताअघिसम्म सुकेको लसुन किलोको २४० रुपैयाँ थियो भने अहिले बढेर किलोको ६ सय ५ रुपैया पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार चीनबाट आयात रोकिएपछि लसुनको मूल्य महंगो हुदै गएको बताइएको छ ।
अहिले बजारमा लसुनको मूल्य किलोको ६ सय ५ रुपैयामा किनबेच भइरहेको छ । चीनबाट आयात रोकिएपछि अहिले गोदाममा भण्डारण गरिएको लसुन पनि सकिन लागेको बताइएको छ ।