ललितपुरमा विद्यालयबाट घर फर्किँदै गरेकी बालिका बलात्कृत

६ फाल्गुन २०७७, बिहीबार १३:२०

काठमाडौं । विद्यालयबाट फर्किँदै गरेकी एक बालिका बलात्कृत भएकी छन् ।

महानगरीय प्रहरी बृत्त चापागाउँका अनुसार ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

प्रहरीका अनुसार अनुसार बुधबार दिउँसो ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि रहेको जंगलमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको हो ।

विद्यालयबाट फर्किँदै गरेको अवस्थामा बालिकामाथि जबर्जस्ती करणी भएको भन्दै पीडित परिवारले उजुरी दिएका महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

बलात्कारमा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया नगरपालिका–८ घर भइ हाल ललितपुरको खन्तिडाँडामा बस्ने २१ वर्षीय राजकुमार ठाकुर छन् ।

प्रहरीका अनुसार ठाकुर बालिकामाथि बलात्कार भएपछि फरार थिए । उनलाई बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।