रौतहटमा दुई जना पुरुषको शव फेला

२५ मंसिर २०७६, बुधबार १५:०९

रौतहट , चन्द्रपुरमा दुुई जना पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार बुधबार चन्द्रनिगाहपुर बजारमा एकजना र राजमार्गमा एकजना गरी दुुई जनाको शव फेला परेको हो ।
बजार क्षेत्रमा फेला परेको अन्दाजी ३२ वर्षीय पुरुषको शव कुनै सवारी साधनको ठक्करबाट मृत्युु भएको व्यक्तिको हुनसक्ने प्रहरीको छ । शवको पहिचान भने खुल्न सकेको छैन ।यसैगरी राजमार्गमा भेटिएको शव सडकमा मागेर खाने व्यक्तिको हुन सक्ने प्रहरीले जनाएको छ ।

दुवै जनाको शवलाई चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।