राष्ट्रिय सभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै

८ माघ २०७४, सोमबार ०७:०८

माघ ८, काठमाडौं ।

नेकपा एमाले स्थायी समितिको बैठक आज (सोमबार) बस्दैछ । राष्ट्रियसभा सदस्य उम्मेदवार चयन र पार्टी एकीकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा अपराह्न बैठक बस्न लागेको हो ।


राष्ट्रियसभा निर्वाचन सम्बन्धमा कार्यदलले दिएको सुझाव प्रतिवदेनलाई वाम एकता संयोजन समितिको हिजो बसेको बैठकले अनुमोदन गरेपछि पार्टीको भागमा परेका उम्मेदवार चयन गर्न स्थायी समिति बैठक बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रिय सभा उम्मेदवार चयन मुख्य एजेण्डा भएपनि पार्टी अध्यक्ष ओलीले एकता प्रक्रियाबारे बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।