कात्तिक ११, धादिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।
भण्डारीले वक्तव्यजारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले घाइतेहरुको स्वाथ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले दुर्घटनामा वेपत्ता भएकाहरुको खोजी गर्न सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएकी छन् ।
राजविराजबाट काठमाडौं जाँदै गरेको बस शनिबार बिहान त्रिशुलि नदी खसेर दुर्घटनामा परी सप्तरीका झन्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् । सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ ओटा स्थानीय तह छन् ।